♥ आफैलाई बुझ्न नसकेको मन...

दिल
बिचारको दृस्टीले धेरै कमजोर हुन सक्छु म अर्थात मेरो मनन गर्ने सोच गलत हुन सक्छ तर धेरै सोच्न बाध्य हुन्छु म। थाहा छ किन? किन कि यो  अबिछिन्न मनले आफैलाई पोल्छ किन-किन थाहा छैन । न म आफ्नै मनलाई बुझ्न सक्छु, न सकेको छु। कहिले-काँही बतासिन्छ यो मन अनि मन-मनै गुन्न लाग्छ आफैं भित्र। कहिले म आफ्नै मनलाई स्पष्ट बुझ्छु होला प्रश्नै-प्रश्न मात्र जाग्छ मनमा। मन भित्रको यो आँधी तब रोकिन्छ, जब मैले मेरो खुल्दुली मेटिएको पाउँछु। बिचार चांडै बिन्दुमा पुगोस् आफैलाई आफ्नै प्रार्थना...

♥ हितोपदेश

मानिसको मन अति चंचल हुन्छ, यसलाई काबुमा राख्न सक्नु पर्छ। मन मित्र पनि बन्छ, शत्रु पनि। मन स्थिर राख्न संधै मनलाई बाँध्नु पर्छ, तब मात्र मानिसले मन माथि विजय प्राप्त गर्छ।
रामायण ▬

♥ नबुझेको कुरा

किन मानिस धर्मको नाममा झगडा गर्छ ता कि उसले आफ्नो धर्म झगडा गर्नु हैन भन्ने जान्दा-जान्दै  पनि ? रिस, राग, द्वेष, अनि हिंसा गर्नु त पक्कै भनेको हुँदैन  होला नि धर्म ग्रन्थमा ?