कल्की अवतार

धार्मिक बिचार धारणा पनि अलिकति उठाउन मन लाग्यो। हिन्दु धर्ममा भनिएको छ, जब-जब संसारमा अधर्मले  बास गर्छ, तब-तब परमात्मा परमेश्वरले अवतार  लिनु हुन्छ। संसारमा अहिले भई  रहेको यस्तो हिंस्रक ब्यबहारले कलियुगको अन्तको संकेत देखाएको अनुभूति गराउँछ। लुटपाट, हत्या, हिंसा, अपराध, दुराचार, व्यभिचार, बलात्कार आदी  जस्ता नर-हिंस्रक  जघन्य अपराधहरूले संसारलाई जकडिरहेको रहेकोछ। दिन-दहाड यस्ता क्रियाकलाप बढिरहेका छन्। सायद कलियुगको चिनारी होला। धार्मिक ग्रन्थहरुमा स्पस्ट भनिएको छ, कलियुगको अन्त अब चाडै हुदैछ। जब भगवानको नाम जप्ने १ जना पनि यस संसारमा हुने छैनन्, तब संसारमा मानिसको व्यवहार पशु सरह हुनेछ। अधर्मिहरुले सत्ता चलाउने दिन आउनेछ, अनि गलत मान्छेहरु सहि ठहरिने छन्, हिंस्रकहरुको जित हुनेछ। धर्मीहरुले दुख पाउनेछन। तब सत्ययुगको प्रतिस्थापनका लागी परमेश्वरले पुन: जन्म लिनु हुनेछ र परमेश्वरको अबको १०औ अवतार "कल्की" अवतार  हुनेछ।
यसै बिषयमा गाइएको एउटा भजन यसरी  प्रस्तुत हुन्छ। बिस्तृत जानकारी यसै भजनमा उल्लेख गरिएकोछ। सुन्नुहोला।

♥ आफैलाई बुझ्न नसकेको मन...

दिल
बिचारको दृस्टीले धेरै कमजोर हुन सक्छु म अर्थात मेरो मनन गर्ने सोच गलत हुन सक्छ तर धेरै सोच्न बाध्य हुन्छु म। थाहा छ किन? किन कि यो  अबिछिन्न मनले आफैलाई पोल्छ किन-किन थाहा छैन । न म आफ्नै मनलाई बुझ्न सक्छु, न सकेको छु। कहिले-काँही बतासिन्छ यो मन अनि मन-मनै गुन्न लाग्छ आफैं भित्र। कहिले म आफ्नै मनलाई स्पष्ट बुझ्छु होला प्रश्नै-प्रश्न मात्र जाग्छ मनमा। मन भित्रको यो आँधी तब रोकिन्छ, जब मैले मेरो खुल्दुली मेटिएको पाउँछु। बिचार चांडै बिन्दुमा पुगोस् आफैलाई आफ्नै प्रार्थना...

♥ हितोपदेश

मानिसको मन अति चंचल हुन्छ, यसलाई काबुमा राख्न सक्नु पर्छ। मन मित्र पनि बन्छ, शत्रु पनि। मन स्थिर राख्न संधै मनलाई बाँध्नु पर्छ, तब मात्र मानिसले मन माथि विजय प्राप्त गर्छ।
रामायण