♥ नबुझेको कुरा

किन मानिस धर्मको नाममा झगडा गर्छ ता कि उसले आफ्नो धर्म झगडा गर्नु हैन भन्ने जान्दा-जान्दै  पनि ? रिस, राग, द्वेष, अनि हिंसा गर्नु त पक्कै भनेको हुँदैन  होला नि धर्म ग्रन्थमा ?

♥ सानुलाई चिट्ठी

मेरी प्यारी सानु !
चोखो माया जुनी-जुनीलाई मेरो स्वीकार ल!

     प्रिय! भगवानको यो लिला कसले बुझ्न सकेको छ र है! बर्षौ देखि बिछोडको बेदना सहेर बसेका छौं। मन र मुटुलाई जलाएर बस्नु परेको छ, कति नराम्रो लाग्छ होला तिमीलाई। तर आशा गर सानु, एक दिन अवश्य तिम्रो खुसि लिएर तिम्रो अगाडी आई पुग्ने छु। माया चोखो छ, मन भित्र बाँधेर राखेको छु। तिम्रो सम्झना अनि दिन रात तिम्रै कल्पनामा दिनहरु बितेका हुन्छन मेरा। बिश्वास नगर्लिउ तर पशुपतिनाथ, बुढासुब्बा, दन्तकाली, पाथिभरा, लक्ष्मीस्थान, पिण्डेश्वरी मन्दिरमा खाएका बाचा-कसम भुलेको छुईन। मनमा भगवानको बास छ, त्यसैले तिम्रो चोखो  मायालाई कहिले पनि लत्याउने छुईन सानु! आई लभ यु संधै भरि है !
उही तिम्रो परदेशी
 कबिन्द्र ♥

♥ मन

❤❤❤कता-कता आफैँ-आफैँ बहकिने यो मन उनकै खोजीमा हिँडी रहन्छ ।
सायद उनि देखी सयौं कोश टाढा भएर हो की ?❤❤❤

♥ एउटा तस्बिर

तपाईंको कृष्ण

♥ गज़ल

 गज़ल...

तिम्लाई नजर लगाएर, घायल भो कृष्ण प्यासी ।
भावनालाई  जगाएर, घायल  भो  कृष्ण  प्यासी ।

मन  थिएन  जोगी  बन्न,  भै-भै  आज  माग्दै,
भिख मुट्ठी मगाएर, घायल भो कृष्ण प्यासी ।

नसोची देउ उल्टा कुरा, धेरै मन छ माया दिन,
सक्ने भै-भै ठगाएर, घायल भो कृष्ण प्यासी ।

कस्तो  नसिब  रैछ  कुन्नि, सोचे  उल्टो  हुने,
सच्चा सबै बगाएर, घायल भो कृष्ण प्यासी ।

माया  दिन्छु  भन्दै  गएँ,  झुठा  भए  कुरा  सबै,
कमजोरपनले सगाएर, घायल भो कृष्ण प्यासी ।