♥ गज़ल

 गज़ल...

तिम्लाई नजर लगाएर, घायल भो कृष्ण प्यासी ।
भावनालाई  जगाएर, घायल  भो  कृष्ण  प्यासी ।

मन  थिएन  जोगी  बन्न,  भै-भै  आज  माग्दै,
भिख मुट्ठी मगाएर, घायल भो कृष्ण प्यासी ।

नसोची देउ उल्टा कुरा, धेरै मन छ माया दिन,
सक्ने भै-भै ठगाएर, घायल भो कृष्ण प्यासी ।

कस्तो  नसिब  रैछ  कुन्नि, सोचे  उल्टो  हुने,
सच्चा सबै बगाएर, घायल भो कृष्ण प्यासी ।

माया  दिन्छु  भन्दै  गएँ,  झुठा  भए  कुरा  सबै,
कमजोरपनले सगाएर, घायल भो कृष्ण प्यासी ।